You are viewing the translated version of प्पयाकेजिङ्ग वा पुन.
Section 13
प्पयाकेजिङ्ग वा पुन
प्याकेजिङ्ग गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्ड: अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको -प्याकेजिङ्ग वा पुन: प्याकेजिङ्ग गर्दा देहायका शर्त तथा मापदण्डको पालना गर्नु वा गराउनु पर्नेछ:-
(क) सहजै नफुट्ने, नभाँचिने, नचुहिने, मुसा वा अन्य जीवजन्तुले काट्न नसक्ने भाँडोमा प्याकेजिङ्ग गर्नु पर्न,
(ख) प्याकेजिङ्ग गर्दा रसायनको गुण अनुसार उपयुक्त भाँडोमा प्याकेजिङ्ग गर्नु पर्ने,
(ग) प्पयाकेजिङ्ग गर्ने व्यक्तिको सुरक्षाको लागि आवश्यक ग्लोब, पञ्जा, मास्क तथा अन्य सुरक्षा उपकरणको व्यवस्था गर्नु पर्ने,
(घ) प्याकेजिङ्ग गर्ने व्यक्तिलाई सोको जोखिम र सुरक्षित हुने तरिकाको विषयमा पर्याप्त अभिमुखीकरण गराउनु पर्ने,
(ङ) प्पयाकेजिङ्ग गर्दा सम्बन्धित रसायन सम्बन्धी विषय विज्ञको निगरानीमा गर्ने व्यवस्था मिलाउनु पर्ने,
(च) प्याकेजिङ्ग गरिने भाँडो वा बोतलको बिर्कोमा अनुमतिपत्र प्राप्त व्यक्तिको अनुमतिपत्र नम्बर र हस्ताक्षर सहितको सिल गर्नु पर्ने,
(छ) प्याकेजिङ्ग गरिने भाँडो वा बोतलको बाहिरी भागमा खतराको सङ्केत, नेपाली भाषामा सो पदार्थको नाम, प्रयोगको तरिका र प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषय उल्लेख गर्नु पर्ने,
(ज) खुद्रा बिक्रीको लागि प्याकेजिङ्ग गर्दा बोतलको मुखको ब्यास बढीमा बीस मिलिमिटर भएको अधिकतम एक किलोग्राम वा एक लिटरको बोतलमा प्याकेजिङ्ग गर्नु पर्ने,
(झ) खुद्रा बिक्रीको लागि प्याकेजिङ्ग गरिने भाँडो वा बोतल पानी, दुध वा दुधजन्य पदार्थ, हल्का पेय पदार्थ, मदिराजन्य पदार्थ वा अन्य पेय पदार्थ राख प्रयोग गरिने भाँडो वा बोतल भन्दा फरक आकारको हुनु पर्ने ।